भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

काठमाण्डौ उपत्यकासहित देशभर वर्षाको क्रम जारी, केही क्षेत्रमा चट्याङ्ग र हावाहुरीको सम्भावना

काठमाण्डौ उपत्यकासहित देशभर वर्षाको क्रम जारी, केही क्षेत्रमा चट्याङ्ग र हावाहुरीको सम्भावना

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदेखि झरी परिरहेको छ। पछिल्लो एक घण्टामा सर्लाहीमा १२.४ मिलिमिटर वर्षा मापन गरिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थुप्रै स्थानमा पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर देशका विभिन्न स्थानमा पानी पर्ने र रोकिने क्रम चलिरहनेछ। कोशी र लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। त्यस्तै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। यो मौसम प्रणाली भोलि र पर्सिसम्म जारी रहने महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.