भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर ९हाइब्रिड० १२०८ जातको मकैखेती गरेर उनले चार महिनामा रु ३० हजारदेखि रु ७० हजारसम्म आम्दानी गरे । पाँच कट्ठा जग्गामा लगाइएको मकैको एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गरेको छ ।

उन्नत जातको भन्दा गुणस्तरीय वर्णशङ्कर जातका मकैको खेती गर्दा २५ देखि ३० प्रतिशतले बढी उत्पादन हुने गरेको छ । फागुनको पहिलो हप्ता रोपेको मकै जेठमा उत्पादन लिन सकिने किसान चौधरीले बताए । हरियो मकै खेतबारीबाट नै रु १० देखि १५ सम्ममा बिक्री हुने गरेको छ । हरियो बिक्री नभएको मकै पाकेपछि बिक्री गरिँदै आएको उनको भनाइ छ ।

मकैको डाँठ भने मेसिनमा काटेर घरमा पालेका बाख्रा, बङ्गुर, भैँसीलगायतका लागि भुसासँगै मिसाएर खुवाउन प्रयोगमा ल्याइने गरिएको शङ्कर चौधरीले बताए। बैवाहाका १५ बढी किसानले चार कट्ठादेखि सात कट्ठा जग्गामा वसन्ते मकैखेती गरेका छन् । मकैको उत्पादन लिएपछि यहाँका किसानले धान रोप्ने भएकाले छोटो अवधिमै पाक्ने मकैखेतीलाई बढावा दिँदै आएका छन् ।

कुनै किसानले १२८०, कुनैले अरुण–२, अरुण–६ जातका मकैखेती गरेका छन् । “पाँच कट्ठा जग्गामा लगाइएको मकैखेतीबाट गत वर्ष रु ८० हजार आम्दानी भएको छ”, रामलाल चौधरीले भने, “छोटो अवधिमा सोचेभन्दा बढी आम्दानी हुँदा यस वर्ष पनि मकैखेतीलाई निरन्तरता दिएका छौँ ।” वसन्ते मकैखेती गरेका अधिकांश किसानले बाख्रापालन गरेका छन् ।

किसानको घरघरमा १० देखि २२ वटासम्म बाख्रापालन गरिएका छन् । बाख्रपालन गर्न र सिँचाइका लागि बोरिङ जडान गर्न भने किसानले सृजनशील सहकारी संस्थाबाट ऋण लिएका छन् । बाख्रापालन गरेका किसानले खसी, बोका बिक्री गरी धेरैले ऋण चुक्ता गरेका छन् । केहीको अन्तिम किस्तामात्र तिर्न बाँकी छ । बाख्रापालन गरेका किसानले गहुँको भुसासँगै मकैको हरियो डाँठलाई चारोका रूपमा प्रयोग गर्दै आएका छन् ।

मकैका बोट निश्चित दूरीमा लगाइने भएकाले गोडमेल गर्न सहज हुनुका साथै सिँचाइ, गोडमेल गर्न, मलखाद छर्न सहज हुने गरेको किसान बताउँछन् । झारपात व्यवस्थापनसँगै रोग कीरा रोकथामका लागि कृषि प्राविधिकसँग किसानले सल्लाह लिने गरेका छन् । वसन्ते मकैखेतीबाट सोचेभन्दा बढी आम्दानी हुने भएकाले बढी जग्गामा खेती गर्न किसान उत्साहित छन् । रासस

 


Thali Mobile Pvt.Ltd.