भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मधेशसहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मधेशसहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, १५ साउन । विहीबार मधेश प्रदेशसहित देशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न भेगमा बादल लाग्ने र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा, लुम्बिनी प्रदेशको केही तराई क्षेत्र तथा मधेश प्रदेशसहितका अन्य तराई भागहरूमा एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा मध्यम वर्षा हुन सक्ने देखिएको छ।

रातिको समय पनि यस्तै रहने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। विशेष गरी सुदूरपश्चिम र मधेश प्रदेशका पहाडी तथा तराई भू–भागहरूमा राति पनि वर्षाको सम्भावना कायमै छ।

यस्ता अवस्थामा चट्याङ, ससाना नदी खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

 


Thali Mobile Pvt.Ltd.