भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

नाउपाको राष्ट्रिय भेलाबाट रञ्जिता श्रेष्ठ अध्यक्ष पदसहित पार्टी सदस्यताबाट निष्काशन

नाउपाको राष्ट्रिय भेलाबाट रञ्जिता श्रेष्ठ अध्यक्ष पदसहित पार्टी सदस्यताबाट निष्काशन

काठमाडौँ, १५ साउन ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टीको अध्यक्ष पदसहित साधारण सदस्यबाट समेत हटाइएको छ। संस्थापक नेता रेशम चौधरी पक्षधर समूहले बुधबार सम्पन्न राष्ट्रिय भेलाबाट उक्त निर्णय सार्वजनिक गरेको हो।

यसअघि मंगलबार पार्टीको निर्वाचन एवम् अनुशासन आयोगले श्रेष्ठमाथि कारबाही गर्ने निर्णय गरिसकेको थियो। त्यसको दोस्रो दिन बिहीबार आयोजित राष्ट्रिय भेलाले थप कडा कदम चाल्दै श्रेष्ठलाई पार्टीबाटै निष्कासन गरेको हो।

श्रेष्ठमाथि पार्टीको विधान विपरीत कार्य गरेकाले कारबाही गरिएको जनाइएको छ। विशेषतः अध्यक्षले पटकपटक बैठक नबोलाएको, कुनै विषयमा स्पष्टीकरण नदिएको, कार्यवाहक अध्यक्ष तोकेको र पोखराको लिचीबारी प्रकरणमा संलग्न भएको आरोप उनीमाथि लगाइएको छ।

पोखराको बाटुलेचौरस्थित लिचीबारी जग्गा हिनामिनासँग जोडिएकी अध्यक्ष श्रेष्ठले पछिल्लोपटक शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष नियुक्त गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको थियो। यही विवाद चुलिँदै जाँदा अन्ततः अध्यक्षसमेत नरहने गरी पार्टीबाटै हटाउने निर्णयमा पुगिएको हो।

पार्टीको नेतृत्वबाट श्रेष्ठ बाहिरिएसँगै अब पार्टीको आन्तरिक शक्ति सन्तुलन, वैधानिकता र आगामी रणनीति कस्तो बन्छ भन्ने चासो थपिएको छ।

 


Thali Mobile Pvt.Ltd.