काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका तीन स्थानमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली तथा सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपात तथा बाँकी उच्च पहाडी भागका एक दुई स्थानमा हिमपातको सम्भावना छ । देशभरिको तापक्रममा गिरावट आएसंगै त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल...
झापा । काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि...
नुवाकोट । वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन...
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको...