भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

राज्य व्यवस्था तथा सुशासन समितिले रक्षा मन्त्रालय र प्रधानसेनापतिलाई बोलाएर छलफल गर्ने

राज्य व्यवस्था तथा सुशासन समितिले रक्षा मन्त्रालय र प्रधानसेनापतिलाई बोलाएर छलफल गर्ने

काठमाडौं । नेपाली सेनाका उच्च अधिकारीहरूको उमेर विवादका घटनामा संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सेनाभित्र पछिल्लो समय उठेका उमेर विवादका विषयमा चासो देखाएको हो ।

पछिल्लो समय अवकाश प्राप्त उपरथी ताराध्वज पाण्डे र अहिले अर्का वरिष्ठ उपरथी अशोक सिग्देलको उमेरलाई लिएर प्रश्न चिह्न उठेपछि समितिले सेनाभित्र भएको उमेर विवादबारे चासो देखाएको हो । वरिष्ठ उपरथी सिग्देलको उमेर विवादको छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।

मंसिर ४ मा प्रमुख आयुक्तलाई सम्बोधन गर्दै परेको उजुरीमा ‘शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेर छानबिन गरी कारबाही गरिपाउँ’ भनिएको छ । साथै, उपरथी सिग्देलको नागरिकतामा जन्ममिति सच्याई वास्तविक सेवावधिभन्दा बढी सेवा गरेको उल्लेख छ ।

‘शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति २०२१ चैत १९ रहेको छ । तर नागरिकतामा २०२३ माघ १९ राखेर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन्, उनी भविष्यमा सैनिक प्रमुख बन्ने लाइनमा छन्,’ निवेदनमा लेखिएको छ । अख्तियारले भने सेनाका विषय आफू मातहत पर्दैन भन्दै रक्षा मन्त्रालयलाई पठाएको थियो ।

यसअघि अवकाश प्राप्त पाण्डेको समयमा पनि यसरी नै अख्तियारमा उजुरी परेको थियो । पाण्डेले भने आफ्नो उमेरमाथि प्रश्न उठेपछि राजीनामा दिएका थिए । पाण्डे नयाँ प्रधानसेनापतिका दाबेदार थिए । पाण्डेले अवकाश पाएपछि सिग्देल नयाँ प्रधानसेनापतिका दाबेदार भएका छन् ।

तर उनको उमेरमा पनि विवाद भएपछि सेनाभित्र उच्च सैनिक अधिकारीहरूको शैक्षिक प्रमाणपत्र र नागरिकतामा समस्या देखिएको हो । सेनामा आधा दर्जनभन्दा बढी सैनिकहरूले विगत ५ वर्षमा शैक्षिक प्रमाणपत्र र नागरिकतामा समस्या देखिएपछि जागिर छोडिसकेका छन् ।

उच्च सरकारी स्रोतका अनुसार सेनाभित्रको उमेर विवादको विषयलाई लिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाले रक्षा सचिव किरणराज शर्मा र मुख्य सचिव वैकुण्ठ अर्यालसँग पनि भेटवार्ता गरिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.