भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भक्तपुर काण्डको स्मरणमा कर्मचारीकाे कार्यक्रम: पञ्चायती षड्यन्त्र विरुद्ध भत्र्सना

भक्तपुर काण्डको स्मरणमा कर्मचारीकाे कार्यक्रम: पञ्चायती षड्यन्त्र विरुद्ध भत्र्सना

मुख्य बुँदा:

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर समितिको आयोजना

पञ्चायती सरकारले नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले रचेको भक्तपुर काण्डको भत्र्सना

कार्यक्रममा प्रमुख सुनिल प्रजापतले सचेत र संगठित भएर जनताको सेवामा लाग्न आग्रह

उपप्रमुख रजनी जोशीले काण्डले नयाँ पुस्तालाई राजनीतिक सचेतना दिने उदाहरण भएको बताइन्

कार्यपालिक सदस्य रोशनमैया सुवालले महिलाहरुको साहस र राज्यस्तरको षड्यन्त्रविरुद्धको एकजुटता स्मरण

अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरूमाथि भएको अवैध दबाब र त्रासका घटनाहरुको स्मरण

भक्तपुर, ८ भाद्र । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा भक्तपुर काण्ड (भाद्र ९, कालो दिन) को विरोध र भत्र्सना कार्यक्रम शुक्रबार भक्तपुर नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो।

कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतले भने, “समाज, देश र जनताको लागि निःस्वार्थपूर्वक सेवामा लाग्ने नेता र कार्यकर्ताविरुद्ध कुनै पनि षड्यन्त्र हुन सक्ने भएकाले सचेत र संगठित भएर रहनुपर्छ।

भक्तपुर काण्डले इतिहासमा राज्य स्तरबाट रचिएको नियोजित षड्यन्त्रको उदाहरण प्रस्तुत गर्छ, र फेरि पनि यस्ता षड्यन्त्र हुन सक्ने भएकाले सजग रहन आवश्यक छ।”

उपप्रमुख रजनी जोशीले भक्तपुर काण्डले महिलालाई पनि राजनीतिक रूपमा संगठित हुन सिकाएको र नेमकिपाले हरेक वर्ष यस स्मरण गर्दै नयाँ पुस्तालाई सचेत पार्दै आएको बताइन।

कार्यपालिका सदस्य रोशनमैया सुवालले महिलाहरुले अदम्य साहसका साथ राज्यस्तरको खुला षड्यन्त्रविरुद्ध एकजुट भई डटेर काम गरेको स्मरण गरिन ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले काण्डले पञ्चायती व्यवस्थाको अन्त्यमा सहयोग गरेको उल्लेख गर्दै, कर्मचारीहरूमाथि जबरजस्ती अवकाश लगाउने, धम्की दिने र झुटो मुद्दामा फसाउने जस्ता त्रासका घटनाहरुको स्मरण गराए।

कार्यक्रममा एशोसियसनका सहसचिव विकास प्रजापतले स्वागत मन्तव्य राखेका थिए भने सदस्यहरू दिलकृष्ण माक र राजेश दिस्तीले पनि भक्तपुर काण्डबारे बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.