भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बक्यौताको कुल रकम करिब ८ अर्ब २५ करोड रुपैयाँ

बक्यौताको कुल रकम करिब ८ अर्ब २५ करोड रुपैयाँ

काठमाडौँ, २ असाेज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्न उद्योगलाई दिएको म्याद आज आइतवार सकिँदैछ। पछिल्लो पटक दिएको किस्ताबन्दी सुविधा अनुसार पहिलो किस्ता नतिरेका उद्योगको बिजुली काट्ने प्राधिकरणको तयारी छ।

प्राधिकरणले असोज १२ मा प्रशासकीय पुनरावलोकनसम्बन्धी सम्पूर्ण कामकारबाही बदर गरेको सूचना जारी गरेको थियो। साथै, आजसम्म बक्यौताको पहिलो किस्ता बुझाउन उद्योगलाई चेतावनी दिइएको थियो।

केही उद्योगले किस्ता सुविधा लिएर बक्यौता तिर्न थाले पनि धेरै उद्योग अझै अटेरी छन्। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार ३१ वटा उद्योगले रकम तिर्न बाँकी छन्, तर उनीहरु आउनेमा आशावादी रहेको जानकारी दिएका छन्।

२०७२ साल माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल उठाउने प्रक्रिया अघि बढाइएको हो। प्राधिकरणका अनुसार विभिन्न उद्योगको बक्यौता रकम करिब ८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

उद्योगीहरूले भने आफूहरूले तिर्न बाँकी कुनै बक्यौता नरहेको भन्दै, शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयमा पत्र बुझाएका थिए।

 


Thali Mobile Pvt.Ltd.