भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सम्झौता भन्दा बढी भुक्तानी, मेलम्चीले थप्यो व्ययभार

सम्झौता भन्दा बढी भुक्तानी, मेलम्चीले थप्यो व्ययभार

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा सम्झौता भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । खानेपानी विकास समितिले भेरिएसन आदेश स्वीकृत गरी अतिरिक्त भुक्तानी दिएको पाइएको हो ।

प्रथम चरणको कार्य सम्पन्न भई पानी सञ्चालन र परीक्षण तथा त्रुटि सच्याउने अवधि एकै साथ रहने गरी म्याद थप तथा भेरिएसन स्वीकृत गरी प्रथम चरणको कार्यको भुक्तानी दिएको नियमसम्मत नभएको महालेखापरीक्षकको ६१ औँ प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५४ मा खरिद सम्झौता गर्दाका बखत पूर्वानुमान गर्न नसकिएको परिस्थिति सो सम्झौता कार्यान्वयनको क्रममा सिर्जना भएमा सोको प्राविधिक पुस्ट्याइँसहित भेरिएसन आदेश जारी गर्न सक्ने व्यवस्था छ । मेलम्ची खानेपानी आयोजनामा छैटौँ पटकसम्म भेरिएसन स्वीकृत गरिएको छ ।

‘मेलम्ची खोलाको पानी २०७७ चैत १३ देखि २०७८ असार १ गतेसम्म ८० दिन सञ्चालन तथा परीक्षण पश्चात् प्रशोधित पानी उपत्यकामा वितरण भई पानी प्रशोधन केन्द्र दोस्रोको निर्माण कार्य सम्पन्न भएको उल्लेख गरी २०७८ वैशाख १७ देखि लागु हुने गरी आयोजना जिम्मा लगाएकोमा निर्माण कार्य सम्पन्न भएको १ वर्ष ३ महिनापछि २०७९ साउन ४ मा छैटौँ भेरिएसन आदेश जारी गरी ३६ औँ रनिङ बिलबाट ५ करोड ४९ हजार रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिले २०७४ पुस १६ देखि लागु हुने गरी पानी प्रशोधन केन्द्र प्रथमको कार्य स्वीकार प्रतिवेदन दिई पानी प्रशोधन केन्द्र आफ्नो स्वामित्वमा आएको अवस्थामा मर्मत अवधिको भेरिएसन आदेश जारी गरी यो वर्ष ७२ औँ रनिङ बिलबाट निर्माण व्यवसायीलाई १ करोड ४२ लाख ६२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.