काठमाडौं । आजदेखि बन्द गर्ने भनिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो ।
बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपदबाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो । गत जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकामा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए ।
समितिले मनसुन अवधिमा विपत्तीको जोखिम कम भएपछि मात्रै मेलम्चीको पानी पठाउन सुरु गर्ने तयारी गरेको छ । मनसुनी जोखिम बढ्ने देखिएमा मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउने लामिछानेको भनाइ छ । मनसुनजन्य विपत्तीबाट आयोजनाको हेर्डवक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले वर्षा सुरु भएसँगै खानेपानी बन्द गर्ने र वर्षा सक्रिएपछि खोल्ने गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरा । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध घुससहित पक्राउ परेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। गिरीले अख्तियारमा उजुरी परेको नक्कली विवरण देखाएर आफ्नै कार्यालयका कर्मचारीसँग २५ हजार...
काठमाण्डौ । तीन जना बालबालिका धनुषामा मृत भेटिएका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबलिका मृत भेटिएका हुन । सुशील साहका ६ वर्षीय छोरा आदित्य,...
सुर्खेत। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा विकास बजेटको जम्मा २०% (३ अर्ब ९३ करोड) मात्र खर्च भएको छ। १८ अर्ब ७५ करोडको बजेटमध्ये ८०% खर्च...
भक्तपुर, ८ बैशाख । ‘नयाँ वर्ष, नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत’ भन्ने नाराका साथ आयोजित नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा करिब ३ लाख...