काठमाडौं । दक्षिणी चीनमा मुसलधारे वर्षाका कारण आएको बाढीबाट जोगाउन दशौं हजार मानिसलाई अन्यत्र सारिएको छ ।
यही जुन ९ यता सो क्षेत्रमा नौ जना मानिसको मृत्यु भएको छ । सहरी क्षेत्रमा जताततै पानी भरिएको जनाइएको छ । चीनको राष्ट्रिय ब्रोडकास्टर सीसीटिभीले शुक्रबार जनाएअनुसार ९ जनाको मृत्यु स्थानी गुआङदोङ प्रान्तको मैझूमा भएको थियो । सोंग्युयन र शिकु नदीमा ठूलो बाढी आएको छ ।
दक्षिणी प्रान्त १२७ मिलियन मानिसको लागि ‘इकोनोमिक पावर हाउस’को रूपमा चिनिने गरेको छ । तर, पछिल्ला वर्षमा सो क्षेत्र गम्भीर बाढीबाट प्रभावित भइरहेको छ ।
वैज्ञानिकहरूले मौसम अझै नियमित रूपमा यसै हिसाबले अघि बढ्न सक्ने जनाएका छन् । यो हप्ताको सुरूमा १० हजारभन्दा बढी मानिस मैझू क्षेत्रबाट विस्थापित भएका थिए । सो क्षेत्रमा करिब १३ हजार मानिस विद्युत्विहीन अवस्थामा रहेका जनाइएको छ । सीएनएन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान गरेको छ । बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले हाल सालै निकालेको तथ्याङ्क अनुसार २०२५...
एजेन्सी । फेब्रुअरीदेखि १६६ जहाजहरू केप अफ गुड होप मार्गबाट सुएज नहरमा फर्किएका छन् । सुएज नहर प्राधिकरणले गाजामा भएको छोटो युद्धविराम पछि उक्त मार्गबाट सुएज नहरमा फर्किका हुन...
एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले उत्त–रपूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिका...
एजेन्सी । गाजामा जारी इजरायली सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कुल ५०,०२१ जनाको मृत्यु भएको बताएको हो । गाजामा हमासद्वारा...