भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चीनमा बाढी कारण दशौं हजार मानिस विस्थापित

चीनमा बाढी कारण दशौं हजार मानिस विस्थापित

काठमाडौं । दक्षिणी चीनमा मुसलधारे वर्षाका कारण आएको बाढीबाट जोगाउन दशौं हजार मानिसलाई अन्यत्र सारिएको छ ।

यही जुन ९ यता सो क्षेत्रमा नौ जना मानिसको मृत्यु भएको छ । सहरी क्षेत्रमा जताततै पानी भरिएको जनाइएको छ । चीनको राष्ट्रिय ब्रोडकास्टर सीसीटिभीले शुक्रबार जनाएअनुसार ९ जनाको मृत्यु स्थानी गुआङदोङ प्रान्तको मैझूमा भएको थियो । सोंग्युयन र शिकु नदीमा ठूलो बाढी आएको छ ।

दक्षिणी प्रान्त १२७ मिलियन मानिसको लागि ‘इकोनोमिक पावर हाउस’को रूपमा चिनिने गरेको छ । तर, पछिल्ला वर्षमा सो क्षेत्र गम्भीर बाढीबाट प्रभावित भइरहेको छ ।

वैज्ञानिकहरूले मौसम अझै नियमित रूपमा यसै हिसाबले अघि बढ्न सक्ने जनाएका छन् । यो हप्ताको सुरूमा १० हजारभन्दा बढी मानिस मैझू क्षेत्रबाट विस्थापित भएका थिए । सो क्षेत्रमा करिब १३ हजार मानिस विद्युत्विहीन अवस्थामा रहेका जनाइएको छ । सीएनएन

 

 


Thali Mobile Pvt.Ltd.