भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

भक्तपुर नःपुखुमा घरेलु उद्योग प्रवर्द्धन मेला उद्घाटन

भक्तपुर नःपुखुमा घरेलु उद्योग प्रवर्द्धन मेला उद्घाटन

भक्तपुर, १६ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको नःपुखु परिसरमा सुरु भएको दुईदिने घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२ को उद्घाटन गर्नुभएको छ। मेलाको आयोजना भक्तपुर घरेलु तथा साना उद्योग संघले गरेको हो भने सहकार्य उद्योग वाणिज्य कार्यालयको रहेको छ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख प्रजापतिले भक्तपुरको मौलिक उत्पादन, संस्कृति र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्तो मेलाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले केही समयअघि सम्पन्न भएको भक्तपुर महोत्सवमा उद्योग वाणिज्य संघ र घरेलु उद्योग संघको सक्रिय सहभागितालाई धन्यवाद पनि दिनुभयो।

भक्तपुरमा वार्षिक करिब तीन लाख विदेशी पर्यटक आउने तथ्यांक प्रस्तुत गर्दै प्रमुख प्रजापतिले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नगरपालिका सक्रिय रहेको जानकारी दिनुभयो। उहाँले विश्व व्यापार संगठनको सदस्यता पछिको अवस्थामा घरेलु उद्योगहरू विदेशी आयातको चपेटामा परेको उल्लेख गर्दै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने अवस्था बनाउनु आवश्यक रहेको धारणा राख्नुभयो।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले घरेलु उद्योग प्रवर्द्धनका लागि संघले समय–समयमा यस्ता कार्यक्रम गर्दै आएको र स्थानीय तहले पनि संरक्षण र प्रोत्साहनमा ध्यान दिनुपर्ने औंल्याउनुभयो।

उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले दुईदिने मेला उपलब्धिमूलक र आत्मनिर्भरताप्रति प्रेरक हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले रोजगारी सिर्जना र उद्यमशीलता विस्तारमा सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका चन्द्रकृष्ण बाडे, संघका पूर्व अध्यक्ष विरेन्द्र जति, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा अध्यक्ष सुन्दर शिल्पकार, तथा कमलकेशरी खर्बुजा लगायतले पनि आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

मेलाको अवलोकन गर्दै नगरप्रमुख प्रजापतिले स्थानीय व्यवसायीहरूलाई प्रेरणा प्रदान गर्नुभएको थियो। मेलामा विभिन्न स्थानीय हस्तकला, खाद्य सामग्री, वस्त्र र परम्परागत घरेलु उत्पादनहरू प्रदर्शनमा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.