भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा: राजावादी आन्दोलन र संविधान रक्षाबारे छलफल

समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा: राजावादी आन्दोलन र संविधान रक्षाबारे छलफल

काठमाडौं, १८ चैत २०८१ । चार दलीय समाजवादी मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ। बैठकमा संविधान, गणतन्त्र र संघीयताविरुद्ध राजावादी शक्तिहरूको चलखेल र त्यसको रक्षा गर्ने बारे छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ।

गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीले एकीकृत समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालय, जिल्ला कार्यालय, तीनकुनेका दुई निजी घर, सञ्चारगृह, कोटेश्वरको जडिबुटी कारखानामा तोडफोड र आगजनी गरेका थिए। यस्तै, १४ भन्दा बढी सार्वजनिक सवारीसाधनमा आगजनी भएको थियो।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका महिन्द्रराय यादवलगायत शीर्ष नेताहरू सहभागी छन्। समाजवादी मोर्चाले चैत १५ को हिंसात्मक घटना र राजावादी आतंकको जवाफमा ठोस निर्णय लिने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.