भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सशस्त्र प्रहरी बलद्वारा ताप्लेजुङमा अलपत्र तीर्थयात्रीको उद्धार

सशस्त्र प्रहरी बलद्वारा ताप्लेजुङमा अलपत्र तीर्थयात्रीको उद्धार

काठमाण्डौ । ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । केबलकार निर्माण खारेजीको मागसहित भइरहेको आन्दोलनका कारण अलपत्र परेका तीर्थयात्रीलाई उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बलले अलपत्र तीर्थयात्रीको गुल्म परिसरमा स्वास्थ्य जाँचसमेत गरेको थियो । ‘नो केबलकार’ समूहले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमसहितका नाकामा भित्रिने र बाहिरीने यातायात बन्द गरेपछि तीर्थयात्री अलपत्र परेका हुन् ।

उद्धार गरिएकाहरुलाई गुल्मले खानाको समेत व्यवस्था गरेको थियो । त्यसपछि स्कर्टिङ गरेर पाँचथरको सदरमुकाम फिदिम बजारसम्म पुर्‍याइएको हो ।

काठमाण्डौ, भक्तपुर, कास्की, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र परेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं–१ कञ्चनजङ्घा गुल्मले उद्धार गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.