भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सशस्त्र प्रहरी बलद्वारा ताप्लेजुङमा अलपत्र तीर्थयात्रीको उद्धार

सशस्त्र प्रहरी बलद्वारा ताप्लेजुङमा अलपत्र तीर्थयात्रीको उद्धार

काठमाण्डौ । ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । केबलकार निर्माण खारेजीको मागसहित भइरहेको आन्दोलनका कारण अलपत्र परेका तीर्थयात्रीलाई उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बलले अलपत्र तीर्थयात्रीको गुल्म परिसरमा स्वास्थ्य जाँचसमेत गरेको थियो । ‘नो केबलकार’ समूहले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमसहितका नाकामा भित्रिने र बाहिरीने यातायात बन्द गरेपछि तीर्थयात्री अलपत्र परेका हुन् ।

उद्धार गरिएकाहरुलाई गुल्मले खानाको समेत व्यवस्था गरेको थियो । त्यसपछि स्कर्टिङ गरेर पाँचथरको सदरमुकाम फिदिम बजारसम्म पुर्‍याइएको हो ।

काठमाण्डौ, भक्तपुर, कास्की, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र परेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं–१ कञ्चनजङ्घा गुल्मले उद्धार गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.