भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

श्रमिकको न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ, साउन १ देखि लागू

श्रमिकको न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ, साउन १ देखि लागू

मुख्य बुँदाहरू:

चिया बगानबाहेकका श्रमिकका लागि न्यूनतम तलब १९,५५० रुपैयाँमा पुर्‍याइयो।

अघिल्लो तलबभन्दा २,२५० रुपैयाँले वृद्धि।

साउन १ गतेदेखि नयाँ दर लागू।

श्रम ऐनअनुसार प्रत्येक दुई आर्थिक वर्षमा तलब पुनः निर्धारण अनिवार्य।

सहमतिमा आधारित निर्णय कार्यान्वयनमा सहज हुने मन्त्रीको भनाइ।

काठमाडौँ, २ साउन । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमतिपछि श्रमिकहरूको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरिएको छ। चिया बगान बाहेकका सबै क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि यो नयाँ पारिश्रमिक हिजो साउन १ गतेदेखि नै लागू भएको हो।

यो रकम अघिल्लो न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँभन्दा २ हजार २५० रुपैयाँले बढी हो। चिया बगान क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम तलब भने सरोकारवाला निकायहरूसँग थप छलफलपछि मात्र निर्धारण गरिने सरकारको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले औद्योगिक सम्बन्ध सुमधुर बनाउन तीनै पक्षले लचकता देखाउँदै सहमतिको आधारमा तलब निर्धारण गरेको जानकारी दिनुभयो। उहाँका अनुसार सहमतिमा आधारित निर्णय कार्यान्वयनमा लैजान पनि सहज हुन्छ।

श्रम ऐन, २०७४ अनुसार प्रत्येक दुई आर्थिक वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक अनिवार्य रूपमा पुनः निर्धारण गर्नुपर्ने प्रावधान छ। यसपटकको निर्णय पनि सोही कानूनी व्यवस्थाअनुसार गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.