भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

अमेरिकी संसदले क्रिप्टोकरेन्सी नियमन विधेयक ‘जिनियस एक्ट’ पारित

अमेरिकी संसदले क्रिप्टोकरेन्सी नियमन विधेयक ‘जिनियस एक्ट’ पारित

मुख्य बुँदाहरू:

अमेरिकी संसदले ‘जिनियस एक्ट’ नामक पहिलो ठूलो क्रिप्टोकरेन्सी नियमन विधेयक पारित।

स्टेबलकोइन जारीकर्तालाई पर्याप्त रिजर्भ राख्न अनिवार्य।

राष्ट्रपति ट्रम्पको हस्ताक्षरपछि कानून बन्नेछ।

ट्रम्पले क्रिप्टो व्यवसाय प्रवर्द्धन गर्दै विधेयकको स्वागत।

फेडरल रिजर्भलाई डिजिटल मुद्रा जारी गर्न रोक लगाउने प्रस्ताव पनि पारित।

बाइडेन प्रशासनको कडा नियमनको तुलनामा ट्रम्प प्रशासन क्रिप्टोमैत्री।

एजेन्सी, २ साउन । अमेरिकी संसदले क्रिप्टोकरेन्सी नियमनसम्बन्धी पहिलो ठूलो विधेयक ‘जिनियस एक्ट’ पारित गरेको छ। यस विधेयकले स्टेबलकोइन जारी गर्नेलाई पर्याप्त रिजर्भ राख्न बाध्य बनाउने प्रावधान राखेको छ भने अमेरिकी डलर वा यस्तै सम्पत्तिलाई आधार मान्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि जुन महिनामा सिनेटले पारित गरेको यो विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरपछि कानूनमा परिणत हुने बताइएको छ। ‘क्रिप्टो राजधानी बनाउने’ वाचा गरेका ट्रम्पले विधेयकको स्वागत गर्दै आफ्नै क्रिप्टो व्यवसाय प्रवर्द्धन गरिरहेका छन्। उनको प्रशासन क्रिप्टोमैत्री नीति ल्याउने क्रममा छ भने, अघिल्लो बाइडेन प्रशासनले कडा नियमन गरेको थियो।

त्यस्तै, संसदले कमिसनलाई मान्यता दिने र फेडरल रिजर्भलाई केन्द्रीय डिजिटल मुद्रा जारी गर्न रोक लगाउने दुईवटा थप प्रस्ताव पनि पारित गरेको छ। यी तीनवटै प्रस्ताव दुई दिनको रोकपछि बिहीवार ट्रम्पकै हस्तक्षेपमा पारित भएको वासिङ्टन पोस्टले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.