भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बन्यो

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बन्यो

दाङ । १२औँ मन्त्रीका रुपमा कृष्णा केसी नियुक्त भएपछि लुम्बिनी सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिका हुन । यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्‍याएको थियो।

मुख्यमन्त्री महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आफैले राखेका छन्। नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुखसमक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गरिन्।

लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन्। स्वतन्त्रबाट १ जना मन्त्री भएका छन्। ८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ।

महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को ‘क’बाट निर्वाचित कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा नियुक्त गर्नु गरे। उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको हो।

 


Thali Mobile Pvt.Ltd.