भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

एयर इन्डियाको विमान दुर्घटना: दुवै इन्जिन ‘कट-अफ’, २४१ जनाको मृत्यु

एयर इन्डियाको विमान दुर्घटना: दुवै इन्जिन ‘कट-अफ’, २४१ जनाको मृत्यु

अहमदाबाद, २८ असार । भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान जून १२ मा दुर्घटनामा परेको थियो। प्रारम्भिक प्रतिवेदन अनुसार, विमानका दुवै इन्जिन लगभग एकैसाथ ‘कट-अफ’ (बन्द) अवस्थामा पुगेका थिए।

‘कट-अफ’ भनेको इन्जिनमा इन्धनको आपूर्ति तुरुन्त बन्द हुनु हो। सामान्यतया विमान गन्तव्यमा पुगेपछि इन्जिन बन्द गर्दा यो प्रक्रिया गरिन्छ, तर यस घटनामा कुनै आपत्कालीन कारण बिना नै इन्जिन बन्द भएको देखिएको छ।

प्रतिवेदनमा भनिएको छ, इन्जिन १ ले केही रिकभरी प्रयास गरे पनि इन्जिन २ को गति घट्न रोकिन सकेन। इन्जिन बन्द भएपछि विमानले थ्रस्ट गुमायो र अहमदाबादको घना आवादी क्षेत्रमा खसेर दुर्घटना भयो। पहिले विमानमा चरा ठोक्किएको हुन सक्ने अनुमान थियो, तर विमानस्थलको सीसीटीभी फुटेजले कुनै चराको गतिविधि नदेखाउँदा बर्ड स्ट्राइकको सम्भावना न्यून देखिएको छ।

दुर्घटनामा विमानमा रहेका २४१ जनाको मृत्यु भएको छ भने जमिनमा ३० जनाभन्दा बढीको पनि मृत्यु भएको छ। कम्तीमा पाँचवटा भवन ध्वस्त भएका छन्। यो विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली, १ क्यानडियन र १२ चालक दलका सदस्य थिए। भारतीय एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्यूरोले अनुसन्धान जारी राखिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.