भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मनसुन पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने

मनसुन पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौं । मनसुन देशभर फैलिएपनि पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई हप्ताअघि पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन १५ दिन पछि हिजो मात्रै देशभर फैलिएको हो । तर अझै पनि मनसुन कमजोर नै हुँदा सक्रिय भएर पानी पर्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएपछि बाढी, पहिरो, डुबान, भू–क्षय जस्ता कारणले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनीका एक–दुई ठाउँमा रातिदेखि चट्याङसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.