भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मध्यपूर्वमा तनाव उत्कर्षमा, इजरायल–इरानबीच सैन्य गतिविधि तीव्र

मध्यपूर्वमा तनाव उत्कर्षमा, इजरायल–इरानबीच सैन्य गतिविधि तीव्र

एजेन्सी ।  इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको छ। इजरायलले इरानका आणविक र सैन्य ठाँउहरूमा आक्रमण गरेपछि इरानले ड्रोन र क्षेप्यास्त्रद्वारा कडा प्रतिक्रिया दिएको छ।

इजरायली आक्रमणमा इरानको गुप्तचर एकाइ प्रमुखको मृत्यु भएको बीबीसीले जनाएको छ भने इरानी जवाफी कारबाहीबाट १० भन्दा बढी इजरायली घाइते भएका छन्। दुवै देशका नेताहरूले “थप बदला” को चेतावनी दिँदै द्वन्द्व अझै बढ्नसक्ने संकेत दिएका छन्।

इरानले युद्धविरामबारे कुनै पनि वार्ता नगर्ने स्पष्ट पारेको छ। इजरायली प्रधानमन्त्री नेतन्याहूले इरानलाई आणविक क्षमता विकास गर्न नदिने आफ्नो अडान दोहोर्याएका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा २२४ इरानीको मृत्यु भएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका द्वन्द्वमा प्रत्यक्ष संलग्न नभए पनि मध्यस्थताका लागि तयार रहेको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.