भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पूर्वमा हल्कादेखि मध्यम वर्षा : देशका धेरै भागमा पानी पर्ने सम्भाना

पूर्वमा हल्कादेखि मध्यम वर्षा : देशका धेरै भागमा पानी पर्ने सम्भाना

काठमाडौं, २१ जेठ । कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहँदा सर्लाही, मोरङ, सिन्धुली, र उदयपुरसहितका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा सर्लाहीको परवानीपुरमा सबैभन्दा धेरै ५६.२ मिमी वर्षा मापन गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी नेपालमा मनसुनको प्रभाव, जबकि पश्चिम र मध्य क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ। जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुषा, सप्तरी, सुनसरी, मोरङ, रामेछाप, सोलुखुम्बुलगायतका क्षेत्रमा मेघगर्जन, चट्याङसहित पानी परिरहेको छ।

काठमाडौं उपत्यकामा पनि राति छिटपुट वर्षा भएको हो। आज र भोलि पनि देशका धेरै भागमा वर्षा हुने अनुमान गरिएको छ भने शुक्रवारदेखि केही दिन सुक्खा रहने मौसमविद्ले बताएका छन् । 

 


Thali Mobile Pvt.Ltd.