भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

इरानभित्रै आक्रमण गर्न इजरायली मोसादले ड्रोनका पार्टपुर्जा तस्करी गर्‍यो

इरानभित्रै आक्रमण गर्न इजरायली मोसादले ड्रोनका पार्टपुर्जा तस्करी गर्‍यो

जेरुसलेम, ८ असार । इजरायली गुप्तचर संस्था मोसादले इरानमाथि गरिएको हालको हवाई आक्रमण अघि महिनौं योजना बनाएर ड्रोनका पार्टपुर्जाहरू र विस्फोटक सामग्रीहरू इरानभित्र तस्करी गरेको तथ्य खुलेको छ।

Wall Street Journal को रिपोर्ट अनुसार, इजरायलले सूटकेस, ट्रक र समुद्री कन्टेनर प्रयोग गरी सैकडौँ क्वाडकप्टर ड्रोनहरूका पार्टपुर्जा तथा बिना मानवरहित प्रक्षेपण प्रणालीहरू इरानमा भित्र्याएको खुलेकाे हाे ।

यी ड्रोनहरू विस्फोटकले भरिएका थिए र इरानको हवाई रक्षा प्रणाली र मिसाइल संरचनाहरूलाई भित्रैबाट निशाना बनाउने उद्देश्य राखिएको थियो। जब इजरायलका F-35 स्टील्थ जेटहरूले इरानका आणविक केन्द्रमा हमला गरे, त्यसअघि नै तल स्तरका ड्रोनहरूले रक्षा प्रणालीमा बाधा पुर्‍याई आक्रमणको बाटो सहज बनाइएको थियो।

यस योजनाबद्ध कारबाहीमा ड्रोनहरूमार्फत पहिले आन्तरिक अवरोध सिर्जना गरिएको थियो, त्यसपछि उच्च प्रविधियुक्त जेटहरूद्वारा मुख्य हमला गरिएको हो। यो रणनीति अनुसार, “पहिला लो-टेक ड्रोन आक्रमण, त्यसपछि हाई-टेक एयर स्ट्राइक” मार्फत इरानी सैन्य संरचनालाई नराम्ररी क्षति पुर्‍याइएको बताइएको छ।

यो अपरेशनले इजरायलको गुप्त सैन्य रणनीतिक क्षमताको प्रदर्शन मात्र नभई, मध्यपूर्वमा युद्धको जोखिमलाई पनि गम्भीर रूपमा बढाएको छ। 

 


Thali Mobile Pvt.Ltd.