ठगीमा पर्ने धेरैजसो व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्तबाट बढी

ठगीमा पर्ने धेरैजसो व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्तबाट बढी image

काठमाण्डौ । १९ करोड ३९ लाख ८६ हजार रुपैयाँभन्दा बढी वैदेशीक रोजगारीमा ठगी भएको उजुरी परेको छ । गएको साउनदेखि मङ्सिरसम्ममा वैदेशिक रोजगारीका क्रममा उक्त रकम ठगी भएको वैदेशीक रोजगार विभागले जनाएको हो ।

उजुरी परेको आधारमा मात्रै झण्डै साढे १९ करोड रुपैयाँ ठगीको विवरण प्राप्त भएको र धेरैजसोले उजुरी नदिने भएकोले ठगिएको रकम र ठगिएकाको सङ्ख्या अझै बढी हुने विज्ञहरुले बताएका छन् ।

पाँच महिनामा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् । ठगीमा पर्ने धेरैजसो व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र शहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको छ । उजुरी हेर्दा व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये दुई हजार एक सय ११ वटा अर्थात ५१ प्रतिशत फर्स्योट भएको छ । विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले बताएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda