भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

ठगीमा पर्ने धेरैजसो व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्तबाट बढी

ठगीमा पर्ने धेरैजसो व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्तबाट बढी

काठमाण्डौ । १९ करोड ३९ लाख ८६ हजार रुपैयाँभन्दा बढी वैदेशीक रोजगारीमा ठगी भएको उजुरी परेको छ । गएको साउनदेखि मङ्सिरसम्ममा वैदेशिक रोजगारीका क्रममा उक्त रकम ठगी भएको वैदेशीक रोजगार विभागले जनाएको हो ।

उजुरी परेको आधारमा मात्रै झण्डै साढे १९ करोड रुपैयाँ ठगीको विवरण प्राप्त भएको र धेरैजसोले उजुरी नदिने भएकोले ठगिएको रकम र ठगिएकाको सङ्ख्या अझै बढी हुने विज्ञहरुले बताएका छन् ।

पाँच महिनामा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् । ठगीमा पर्ने धेरैजसो व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र शहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको छ । उजुरी हेर्दा व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये दुई हजार एक सय ११ वटा अर्थात ५१ प्रतिशत फर्स्योट भएको छ । विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.