भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा

६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा

काठमाडौं, १२ जेठ । प्रतिनिधि सभाका ६ जना सांसदले कानुनअनुसार बुझाउनुपर्ने सम्पत्ति विवरण अझै पेश नगरेको तथ्य सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले दिएको समयसीमाभित्र ती सांसदले आफ्नो सम्पत्ति विवरण नबुझाएका हुन् ।

संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्यहरूलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो । तर निर्धारित अवधिसम्म ६ जना सांसदले विवरण नबुझाएको सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार २५४ जना सांसदले भने समयमै आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् । हाल २७५ सदस्यीय प्रतिनिधि सभामा १७ जना मन्त्री रहेका छन् । मन्त्रीहरूले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाउने व्यवस्था रहेको छ ।

सचिवालयका अनुसार एक जना बहालवाला मन्त्री तथा पदमुक्त भएका अर्का एक मन्त्रीले समेत संसद् सचिवालयमै पुगेर सम्पत्ति विवरण बुझाएका छन् ।

यी हुन् विवरण नबुझाउने सांसद

सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५ जना र नेपाल कम्युनिस्ट पार्टीका १ जना रहेका छन् । सचिवालयले सार्वजनिक गरेको विवरणअनुसार सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा धनबहादुर बुढा, आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो रहेका छन् ।

कानुनमा के छ व्यवस्था ?

भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद ग्रहण गरेको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सोही प्रावधानअनुसार संसद् सचिवालयले फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई सूचना जारी गर्दै जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन आग्रह गरेको थियो । 

 


Thali Mobile Pvt.Ltd.