भर्खरै : Sorry, your browser does not support inline SVG.
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने |

प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल

प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहसँग युरोपेली सङ्घ (इयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले सिंहदरबारमा सामूहिक भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल र इयूबीचको द्विपक्षीय सम्बन्ध, विकास सहकार्य तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा नेपालको वर्तमान प्राथमिकता, आर्थिक तथा विकास साझेदारी, अन्तर्राष्ट्रिय सहयोग र कूटनीतिक सहकार्यका विषयमा विस्तृत संवाद भएको थियो ।

भेटमा नेपाललाई अतिकम विकसित राष्ट्र (LDC) को समूहमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ । साथै युरोपेली सङ्घको हवाई सुरक्षा सम्बन्धी ‘कालोसूची’ बाट नेपाललाई हटाउने विषयमा पनि पहल अघि बढाइएको बुझिएको छ । प्रधानमन्त्री शाहले नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यलाई थप प्रभावकारी बनाउँदै आर्थिक, पूर्वाधार र विकासका क्षेत्रमा साझेदारी विस्तार गर्न चाहेको धारणा राखेका थिए ।

यसअघि पनि प्रधानमन्त्री शाहले गत चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.