भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नारायणगढ–मुग्लिङ सडकमा ठुलो पहिरो यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नारायणगढ–मुग्लिङ सडकमा ठुलो पहिरो यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मुख्य बुँदा:

नारायणगढ–मुग्लिङ सडक खण्डमा ठुलो पहिरो खसेर आवागमन पूर्ण रोकियो

तत्काल सडक खुल्ने सम्भावना नरहेको प्रशासनको भनाइ

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

ट्राफिक प्रहरी नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सहयोग लिन अनुरोध

जोखिम मोलेर यात्रा नगरी सुरक्षालाई प्राथमिकता दिन अपिल

चितवन, ७ असाेज । चितवन नारायणगढ–मुग्लिङ सडक खण्डमा ठुलो पहिरो खसेपछि आवागमन पूर्णरूपमा बन्द भएको छ । पहिरो ठुलो भएकाले तत्काल सडक खुल्ने सम्भावना नरहेकाे जिल्ला प्रशासन कार्यालय चितवनले जनाएकाे छ । 

सडक अवरुद्ध भएपछि प्रशासन र सुरक्षाकर्मीहरूले यात्रु तथा सवारी धनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । वैकल्पिक मार्गका रूपमा महोत्तरीको बर्दिवास मकवानपुरको हेटौँडा रुपन्देहीको बुटवल नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैँडाकोट धादिङको नौबिसे तथा तनहुँतर्फ जाने यात्रुका लागि खैरेनीटारमार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।

प्रशासनले यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र यात्रामा समस्या परेमा खटिएका ट्राफिक प्रहरी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग सहयोग लिन आग्रह गरेको छ ।

साथै जोखिम मोलेर यात्रा नगर्न समेत सूचनामा चेतावनी दिइएको छ । प्रशासनले आफ्नो ज्यान बचेमा पछि पनि यात्रा गर्न सकिने भन्दै यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिन अनुरोध गरेको छ । 

 


Thali Mobile Pvt.Ltd.