काठमाडौं । दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । प्रहरीद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार जनसंख्याको अनुपातमा आत्महत्या गर्नेको यो संख्या बढी नै हो । आफैंले आफ्नो हत्या गर्ने भएकाले आत्महत्या आपराधिक कार्य भए पनि प्रत्यक्ष यो दण्डनीय हुँदैन ।
तर, व्यक्तिलाई आत्महत्या गर्नेसम्मको अवस्थामा पु¥याउने अन्य कुनै पूर्वाधार कसैले सिर्जना गरेको भए त्यस्तो व्यक्तिउर आत्महत्या दुरुत्साहन कसुरमा कारबाही हुन्छ । यसैले आतमहत्याका सबै घटना दण्डरहित हुँदैनन् । आत्महत्याका कारणहरू अनेकौं हुन्छन् । जुनसुकै कारणले आत्महत्या गरे पनि यसको कारकतत्व पहिचान भएपछि व्यक्ति आत्महत्या गर्ने अवस्थामा कसरी पुग्यो रु भन्ने कुरा पहिचान गर्न सकिन्छ ।
त्यस्तो मानसिकताले ग्रसित व्यक्तिलाई सम्झाउने, ढाडस दिने, उसको मानसिकता परिवर्तन गराइदिने कोही नभए व्यक्ति झन् नैराश्यताको खाडलमा डुब्छ । यसरी एकोहोरिएर अन्तिम अवस्थामा पुगिसकेको व्यक्तिले नै आत्महत्या गर्छ । सामान्यतया सोच्ने क्षमता कम भएकै व्यक्ति एवं आवेशमा आउने र मुडी व्यक्ति नै आत्महत्या गर्न अग्रसर बन्छन् ।
अभिभावक सचेत भए लक्षण देखिनासाथ उपचार गर्न सकिन्छ । यसका अलावा आत्महत्या रोकथामका लागि राज्यका तर्फबाट नागरिक सचेतना जगाउने, मनोपरामर्श सेवा प्रदान गराउने, तनाव व्यवस्थापनार्थ सार्वजनिक प्रशिक्षण दिने तथा जोखिमको संकेत पहिचान गरी रोकथामका उपाय अवलम्बन गरे आत्महत्या गर्नबाट सबैलाई जोगाउन सकिन्छ ।
