भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

राष्ट्रिय भेला र स्थानीय तह उपनिर्वाचनबारे निर्णय लिन रास्वपा केन्द्रीय समिति बैठकमा छलफल

राष्ट्रिय भेला र स्थानीय तह उपनिर्वाचनबारे निर्णय लिन रास्वपा केन्द्रीय समिति बैठकमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे व्यापक छलफल भएको छ । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बैठकमा अहिले बैठक बसिरहेको छ ।

बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदन, समसामयिक राजनीति र पार्टी गतिविधि, राष्ट्रिय भेला, कार्ययोजना, संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल भएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले बताए।
जारी बैठकमा १० एजेण्डा अघि सारेका छन् ।

के छन् त एजेण्डा ?
१ समसामयिक राजनीति र पार्टी गतिविधि ।

२ राष्ट्रिय भेला ।

३ कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।

४ संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन ।

५ केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि बारे छलफल ।

६ स्थानीय तह उपनिर्वाचन बारे ।

७ संविधान दिवसको कार्यक्रम बारे ।

८ भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल।

९ केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन बारे ।

१० विविध

 


Thali Mobile Pvt.Ltd.