भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

माओवादी केन्द्र फुट्ने हल्ला मात्र होः अध्यक्ष प्रचण्ड

माओवादी केन्द्र फुट्ने हल्ला मात्र होः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टी फुट्ने कुरा हल्ला मात्र भएको अध्यक्ष प्रचण्डले बताएका छन् । स्थायी समिति बैठकले उक्त कुरा खारेज गरिसकेको प्रचण्डले बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श समिति बैठकलाई सम्बोधन गर्दै बताएका हुन् ।

मिडिया ट्रायल नगर्न नेताहरुलाई सचेत गराउँदै उपमहासचिव जनार्दन शर्मालाई लक्षित गरेर पार्टी फुटको हल्ला चलेको बताए । शर्माले साउन अन्तिम साता बसेको स्थायी समिति बैठकमा पार्टी हेडक्वाटरबाटै त्यस्तो हल्ला चलाइएको भन्दै प्रतिवाद गरे । १४ पृष्ठ लामो लिखित प्रस्ताव राख्दै शर्माले अब पार्टीको नेतृत्व प्रचण्डले छाड्नुपर्ने भनेपछि यसमा बहस तीव्र बनेको छ ।

उनले जनार्दनसहितका नेताहरुले स्थायी समिति बैठकमा उठाएका प्रश्नहरुको जवाफसहितको दस्तावेज आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने जानकारी दिए । पूर्ण बैठक बस्नु अगाडि पूर्वतयारी स्वरूप हरेक प्रदेशमा परामर्श समितिको बैठक बस्ने निर्णय साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले गरेको थियो ।

सोही निर्णय अनुसार आजदेखि बागमती प्रदेशको बैठक बसेको हो । बैठक आज र भोलि दुई दिनसम्म चल्ने छ ।

 


Thali Mobile Pvt.Ltd.