भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

काठमाडौं, ९ जेठ । राजधानी काठमाडौं भित्रिने प्रमुख नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ। जेठ १० गतेदेखि २५ गतेसम्म, बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।

सडक बन्द गरेर नागढुङ्गा–पिपलामोड सडक निर्माणको काम गरिने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो। यसअघि रातिको समयमा निर्माण कार्य हुँदै आएकोमा अबदेखि दिनको समयमा सडक बन्द गरिने भएको हो।

सडक निर्माण कार्य नारायणगढ–मुग्लिन सडक योजना-पूर्वी खण्ड) अन्तर्गत भइरहेको हो। यस अवधिमा काठमाडौंबाट बाहिरिने सवारी साधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारी साधन खानीखोलामा रोकिने सूचनामा उल्लेख गरिएको छ।

यात्रु र सवारी चालकलाई धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ। प्रशासनले सर्वसाधारण, यात्रु, यातायात व्यवसायी र निर्माण कार्यमा संलग्न निकायहरूसँग सहकार्य गरी निर्माण कार्य समयमै सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.