भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको तीन वर्ष, विकास, सेवा र पारदर्शितातर्फ उल्लेखनीय प्रगति

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको तीन वर्ष, विकास, सेवा र पारदर्शितातर्फ उल्लेखनीय प्रगति

भक्तपुर, ७ जेठ । भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले तीन वर्षे कार्यकाल पूरा गरेका छन्। उक्त अवसरमा आयोजित विशेष कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले गर्नुभयो। उहाँले नगरको समग्र विकासका लागि ढल व्यवस्थापन, सरसफाइ, स्वास्थ्य र शिक्षा क्षेत्रलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याउनुभयो।

सुवालले भक्तपुरलाई सफा, स्वच्छ र सांस्कृतिक नगरको रुपमा विकास गर्न प्रतिबद्धता दोहोर्याउँदै शैक्षिक संस्थाहरु आसपास सूर्तिजन्य पदार्थ र मदिरा बिक्री गर्न नदिन आग्रह गर्नुभयो। साथै, बजार अनुगमनलाई नियमित गर्नुपर्ने र जनस्वास्थ्यका लागि स्वस्थकर खाद्य वस्तुहरुको प्रवर्द्धन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले विद्यालय तहको शिक्षामा सुधार ल्याउन उच्च शिक्षालयका प्राध्यापकहरुलाई विद्यालय अनुगमनमा संलग्न गराउनु पर्ने बताउँदै त्यसबाट शिक्षाको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न कार्यहरूको समिक्षा गर्दै, प्रत्येक वर्ष एक ठूला नगरस्तरीय योजना कार्यान्वयन गर्दै आएको जानकारी दिनुभयो।

उहाँले भक्तपुरको आजको अवस्थासम्मको यात्रा पुराना अग्रजहरुको त्याग र परिश्रमको परिणाम भएको भन्दै स्थानीय तह बलियो भए मात्र प्रजातन्त्र मजबुत हुने तर्क प्रस्तुत गर्नुभयो।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनतासँग गरिएको वाचा अनुसार घोषणापत्रलाई मार्गदर्शनका रूपमा लिएर कार्य अगाडि बढाइएको बताउनुभयो।कार्यक्रममा सहप्राध्यापक विश्वमोहन जोशीले भक्तपुर कृषि प्रधान क्षेत्र भएकाले उत्कृष्ट किसानलाई प्रोत्साहन गर्नुपर्ने, ख्वप अस्पतालमा सिटी स्क्यान र एमआरआई जस्ता सेवाहरू थप गर्नुपर्ने सुझाव दिनुभयो।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले कलेजको अहिलेसम्मको प्रगति प्रस्तुत गर्दै २ हजार ७६९ विद्यार्थी भर्ना भएको र १ हजार ५६४ विद्यार्थीले अध्ययन पूरा गरिसकेको जानकारी दिनुभयो। ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले कम शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।

ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले तीन वर्षको अवधिमा १८० जना विद्यार्थी अध्ययनरत रहेको र देशभरिका ४२ जिल्लाबाट विद्यार्थीहरु आउने गरेको बताउनुभयो। ख्वप माविका प्रिन्सिपल लक्ष्मीप्रसाद कर्माचार्यले विद्यालयमा २५ हजार ५३३ जना विद्यार्थी अध्ययन गरिसकेको तथा हरेक वर्ष १ करोड ३० लाख रुपैयाँ बराबर छात्रवृत्ति वितरण हुँदै आएको जानकारी दिनुभयो।

उक्त अवसरमा भवन निर्माण मापदण्ड पालना गर्ने सेवा प्रदायकहरुलाई झिंगटी, काठ र इँटाको अनुदान स्वरूप कुल १४ लाख ७५ हजार १४४ रुपैयाँको सामग्री प्रदान गरिएको थियो। साथै, ३० वर्ष सेवा गरेका कर्मचारीहरुलाई कदरपत्र तथा दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद ज्ञापन गर्दै जनप्रतिनिधि, कर्मचारी र जनताको एकताबाट नै आजको समृद्ध भक्तपुर सम्भव भएको बताउनुभयो। कार्यक्रममा वडा नं. ७ का अध्यक्ष उकेश कवांले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो। भक्तपुर नगरपालिकाले पारदर्शिता, सहभागिता र सुशासनलाई मूलधार बनाउँदै समग्र विकासको उदाहरणीय नमूना प्रस्तुत गर्दै आइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.