भर्खरै : Sorry, your browser does not support inline SVG.

नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर खाएका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर खाएका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएका सशस्त्र प्रहरी बलका पूर्वइन्सपेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरीमा भर्ना भएर इन्सपेक्टर भएका थिए । छानविन सुरु भएपछि राजीनामा दिएका कुँवरविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.