भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

बीआरआई सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पुर्‍याउन आग्रह

बीआरआई सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पुर्‍याउन आग्रह

काठमाडौं । विज्ञहरूले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन्। आर्थिक एवं विदेश मामिला विज्ञहरुले उक्त सुझाव दिएका हुन ।

उनीहरूले कुनै पनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाको रूपमा बुझन नहुने भन्दै उनीहरुले सुरुङ मार्ग, सडक तथा जलविद्युतका क्षेत्रमा सम्झौता उपयोगी हुने धारणा राखे।

सरकारले मंगलबार मात्रै परराष्ट्र मन्त्रालयमार्फत सम्झौताको पूर्ण विवरण सार्वजनिक गरेको थियो। बीआरआई ऋण कि अनुदान भन्ने बहस भइरहेका वेला सम्झौताको पूर्णपाठ आएपछि थप व्याख्या हुन थालेको हो।

बुधबार आयोजित अन्तक्रियामा नेपाली कांग्रेस नेता डाक्टर गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्डयलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पुर्‍याउन आग्रह गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.