भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सत्ता गठबन्धनका दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाए

सत्ता गठबन्धनका दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाए

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने सहमतिअनुसार मन्त्री बन्नेको नाम पनि टुङ्गो लगाएको छ । सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको छ ।

नेकपा एमालेले आठ वटा मन्त्रालय पाउने सहमति अनुसार सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यसअघि मन्त्रिपरिषदमा रहेका ३ जनाले निरन्तरता पाउनेछन् । रायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । शक्तिबहादुर बस्नेत, रेखा शर्माले पनि मन्त्रीमा निरन्तरता पाउनेछन् ।

उनीहरुको मन्त्रालय भने टुंगिएको छैन । माओवादी केन्द्रकै नेता हितबहादुर तामाङले मन्त्री पदको शपथ लिए पनि मन्त्रालय टुंगो लागेको छैन । प्रचण्डले धोका दिएको भन्दै कांग्रेस सभापति देउवाले नयाँ गठबन्धन बनाउन एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी लगायतका दलसँग छलफल गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.