भर्खरै : Sorry, your browser does not support inline SVG.
ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह | बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था |

नारायणगढ–बुटवल सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

नारायणगढ–बुटवल सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

नवलपुर, ५ असार । लगातारको वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुग्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले यात्रु तथा सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

प्रहरीका अनुसार, वर्षाका कारण विनयी खोलामा पानीको सतह उच्च भएको छ भने दुम्कीबास–दाउन्ने खण्ड र झ्याउखोलालगायत क्षेत्रमा सडक चिप्लो भएर सवारी फस्ने स्थिति उत्पन्न भएको छ। त्यसैगरी, बनाइएका डाइभर्सनहरूमा समेत क्षति पुगेकाले आवागमन झनै असहज बनेको छ।

वैकल्पिक मार्ग प्रयोगको सुझाव:

  • पूर्वबाट पश्चिमतर्फ जानेलाई: नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–बुटवल रुट

  • काठमाडौँबाट पश्चिमतर्फ जानेलाई: मुग्लिङ हुँदै पोखरा–स्याङ्जा–बुटवल रुट

  • पश्चिमबाट पूर्वतर्फ जानेलाई: बुटवल–स्याङ्जा–पोखरा–मुग्लिङ हुँदै गन्तव्य

  • साना सवारी साधनका लागि: कालिगण्डकी करिडोर अन्तर्गतको गैँडाकोट(पिपलडाँडा सडक खण्ड)

जिल्ला प्रहरी कार्यालयले अर्को सूचना नआएसम्म यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गरेर मात्रै यात्रा गर्न आग्रह गरेकाे छ । यात्रा गर्दा मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र हिँड्नसमेत अनुरोध छ।

 


Thali Mobile Pvt.Ltd.