भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड डेढ घण्टापछि सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड डेढ घण्टापछि सञ्चालनमा

काठमाण्डौ, ७ भाद्र । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

शनिबार बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी आवागमन रोकिएको थियो ।

झन्डै डेढ घण्टापछि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा सडक पुनः दुईतर्फी नै खुलाइएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

सडक सञ्चालनमा आएपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । तुइनखोलाको क्षेत्रमा बारम्बार पहिरो खस्ने भएकाले यात्रु र सवारीचालक सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.