भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पाकिस्तानमा आकस्मिक बाढी : २४ जनाको मृत्यु, बालबालिका बढी प्रभावित

पाकिस्तानमा आकस्मिक बाढी : २४ जनाको मृत्यु, बालबालिका बढी प्रभावित

एजेन्सी, ७ भाद्र । पाकिस्तानमा ठूलो वर्षापछि आएको आकस्मिक बाढीमा २४ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार मनसुनी वर्षाले जनधनमा ठूलो क्षति पुर्‍याउँदै कम्तीमा २४ जनाको ज्यान लिएको र पाँच जना घाइते भएको छ ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिकासहित २१ जनाको ज्यान गएको विपद् अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यस्तै, दक्षिणी सिन्ध प्रान्तमा दुई जना र कश्मीरमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

ठूलो वर्षापछि आएको आकस्मिक बाढीका कारण सयौँ परिवार विस्थापित भएका छन् । घर, सडक र कृषि क्षेत्र क्षतिग्रस्त बनेको समाचारमा उल्लेख छ ।

एनडीएमएका तथ्याङ्कअनुसार, यस वर्ष जुन महिनायता पाकिस्तानमा मौसमी वर्षाका कारण कम्तीमा ७७१ जनाले ज्यान गुमाइसकेका छन् । लगातारको वर्षा र बाढीका कारण थप मानवीय क्षति हुने जोखिम अझै कायम रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.