भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले विस्तृत कार्यक्रम सार्वजनिक गर्यो

राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले विस्तृत कार्यक्रम सार्वजनिक गर्यो

काठमाण्डौ, १ मंसिर । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको विस्तृत तालिका अनुसार चुनावका सबै चरणहरू पुस १९ गतेदेखि सुरु हुनेछन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन हुनेछ। त्यसपछि दाबी–विरोध र उजुरीहरूको छानबिन गरी पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिनेछ।

पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूले मनोनयन दर्ता गराउन सक्नेछन्। मनोनयनविरुद्ध उजुरी दर्ताको समय पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म रहनेछ।

पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि २ बजेसम्म राष्ट्रियसभा सदस्य उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ।

त्यसपछि पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

आयोगका अनुसार राष्ट्रियसभाका १८ सदस्य चयन गर्न माघ ११ गते मतदान हुनेछ। मतदान सम्बन्धित मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिनेछ।

 


Thali Mobile Pvt.Ltd.