भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

विभिन्न राजनीतिक दलहरुलाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान

विभिन्न राजनीतिक दलहरुलाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको छ। नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन मंगलबार बसेको सचिवालय बैठकले आग्रह गरेको हो ।

पार्टी कार्यालय च्यासलमा भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन दलहरुलाई आह्वान गरेको छ ।

यसअघि, माओवादी केन्द्रको सचिवालय बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने बरु सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिए संसदमा विश्वासको मत लिने निर्णय गरेको थियो। एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गरेको हो ।

एमालले आफ्ना तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई भने फिर्ता बोलाउने निर्णय गरेको छैन। एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलहरुलाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ।

 

 


Thali Mobile Pvt.Ltd.