भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध

नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध

काठमाण्डौ । कोशी, मधेस, कर्णाली र सुदूपश्चिम प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । देशभर साधारणदेखि पूर्णतया बदली रहेको र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दोलखा र महोत्तरीमा पानी परिरहेको छ । कैलालीको कान्द्रा नदीले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकोले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशााखको अनुरोध रहेको छ ।
लमजुङ्गको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा भारी वर्षा भएकोले खुदी खोला लगायत यो क्षेत्र भइ बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

बागमती र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशमा कतै ठूलो र कतै अति ठूलो वर्षा हुने पूर्वानुमान रहेको मौसमविद्ले जनाएकाछन् । देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ ।

ठूलो पानी परिरहेको कपिलवस्तु, सल्यान, रोल्पा, जाजरकोट, हुम्ला, जुम्ला, बाजुरा, अछाम दार्चुला, डडेलधुरा, कैलाली, बर्दीया, स्याङ्जा, गुल्मी, म्याग्दी, लमजुङ लगायतका जिल्लामा रहेका खोला र नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.