काठमाण्डौ । सरकारले नूनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको छ ।
कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा मूल्य समायोजन गरेको हो । न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० रुपैयाँ कायम भएको छ ।
यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ । मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ रुपैयाँ पुगेको छ ।

