भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

कोम्याकको उदयः बोइङ र एअरबसलाई चीनबाट कडा चुनौती

कोम्याकको उदयः बोइङ र एअरबसलाई चीनबाट कडा चुनौती

एजेन्सी, २२ माघ । चीनको सरकारी स्वामित्वमा रहेको विमान निर्माता कम्पनी कोम्याक (COMAC) ले अमेरिकी बोइङ र युरोपेली एअरबसलाई चुनौती दिँदै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्न थालेको छ। दुई वर्षअघि ‘सी–९१९’ विमानले सिङ्गापुरसम्म सफल उडान गरेपछि चीनबाहिरको बजारमा कोम्याकको प्रभाव बढ्दै गएको बीबीसीले जनाएको छ।

दक्षिण–पूर्वी एशियामा किफायती र इन्धन–दक्ष विमानको माग तीव्र रूपमा बढिरहेका बेला कोम्याकका विमानहरूले विभिन्न एअरलाइन्सहरूको ध्यान तानेका छन्। कम्पनीले एअरबसको ए–३२० नियो र बोइङको ७३७ म्याक्ससँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने गरी आफ्नो विमान डिजाइन गरिएको दाबी गरेको छ।

विश्लेषकहरूका अनुसार विमान डेलिभरीमा भइरहेको ढिलाइ र आपूर्ति शृङ्खलामा देखिएका समस्याका कारण यस क्षेत्रमा वैकल्पिक विमान निर्माताको आवश्यकता बढेको छ। अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए) का अनुसार पुराना विमान सञ्चालन गर्नुपर्दा एअरलाइन्सहरूको खर्च बढ्दै गएको छ, जसका कारण नयाँ र किफायती विमानप्रति आकर्षण बढेको हो।

यही अवस्थालाई अवसरका रूपमा उपयोग गर्दै कोम्याक एशिया–प्रशान्त क्षेत्रका धेरै एअरलाइन्सका लागि विकल्पका रूपमा उदाइरहेको छ। कम्पनीले हालसम्म दुई सयभन्दा बढी विमान डेलिभर गरिसकेको जनाएको छ, जसमा लाओस, इन्डोनेशिया र भियतनामका एयरलाइन्सहरू पनि समावेश छन्। साथै ब्रुनाई र कम्बोडियाले पनि कोम्याकका विमान खरिद गर्ने योजना बनाइरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.