भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विद्युत् प्राधिकरणद्वारा थप ८ सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय

विद्युत् प्राधिकरणद्वारा थप ८ सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण ले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष तथा विराजभक्त श्रेष्ठ को अध्यक्षतामा बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले थप आठ सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो।

जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ तथा नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कात्तिक १७, २०८२) मा भएको व्यवस्थाअनुसार यसअघि छुट भएका आठ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

यसअघि नै प्राधिकरणले २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ। अहिले थप गरिएका आठ जनामा रोजित श्रेष्ठ (काठमाडौँ), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल (काठमाडौँ), मौसम कुलुङ (सङ्खुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.