भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

शाओमीले चिप उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने

शाओमीले चिप उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने

बेइजिङ, ५ जेठ । चिनियाँ प्रविधि कम्पनी शाओमीले आगामी १० वर्षमा स्मार्टफोन चिप विकासका लागि ५० अर्ब युआन (झण्डै ७ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ।

कम्पनीको स्थापनाको १५औं वार्षिकोत्सवको अवसरमा शाओमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत लेई जुनले सामाजिक सञ्जालमार्फत यस योजनाको जानकारी दिएका हुन्। उनले चिप निर्माणलाई शाओमीको भविष्यको रणनीतिक प्रविधि विकासमा एक नयाँ अध्यायको रूपमा वर्णन गरेका छन्। स्मार्टफोन, स्मार्ट होम उपकरणदेखि विद्युतीय गाडी निर्माणसम्म संलग्न शाओमी चीनकै एक प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो।

शाओमीले सन् २०१७ मा पहिलोपटक आफ्नै चिप ‘Surge S1’ उत्पादन गरेको थियो, तर प्राविधिक जटिलता र वित्तीय अवरोधका कारण परियोजना रोकिएको थियो। त्यसपछि कम्पनीले स्मार्ट डिभाइस र विद्युतीय गाडी उत्पादनतर्फ ध्यान केन्द्रित गरेको थियो। हाल चीन र अमेरिका प्रविधिको क्षेत्रमा आत्मनिर्भरता र नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेका बेला शाओमीको यो लगानी घोषणा आएको हो।

चीन सरकारले पनि आफ्ना प्रविधि कम्पनीहरूलाई विदेशी आपूर्तिकर्तामाथिको निर्भरताबाट मुक्त गराउँदै आफ्नै चिप उत्पादनमा केन्द्रित हुन लगातार दबाव दिँदै आएको छ।

हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रविधिको क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औँल्याएका थिए। यस्तो सन्दर्भमा शाओमीको यो लगानी चिनियाँ प्रविधि उद्योगलाई सशक्त बनाउन महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.