भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इलाममा स्वर्गीय नेम्वाङको सपना पुरा गर्ने बलियो खम्बा खनाल

इलाममा स्वर्गीय नेम्वाङको सपना पुरा गर्ने बलियो खम्बा खनाल

इलाम । साबिक फुएतप्पा गाविस वार्ड नं ४ इलाममा जन्मिएका बुद्धि खनाल बाल्यकालबाटै राजनीतिमा सकृय व्यक्ति हुन्। ०४३ सालमा पार्टीले राष्ट्रिय पंचायत चुनावलाई उपयोग गर्दा जनपक्षीय उम्मेद्वार नोवल केमी राईको घैला चिन्ह लिथोद्वारा तयार गरिएका पर्चा पम्लेट ओसार–पसारमा अग्रपंक्तिमा खटिएर राजनीति जीवन सुरु गरेका खनाल ०४७ देखि ०५० सम्म ईलाम सदरमुकाममा रहेको आदर्श मा. वि अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्ष भएर कार्य सम्पादन गरेका थिए ।

०५२–०५३ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा स्वतन्त्र विध्यार्थी युनियनको निर्वाचन मा १ बर्षे कार्यकाल सदस्य र कोषाध्यक्ष पदमा निर्वाचित भएका खनाल ०५४–११–२१ मा एमालेको विभाजन हुँदा एमालेमै रहेर एमाले अनेरास्ववियु महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रा.क.अध्यक्ष भएका भिए ।इलाममा स्वर्गीय नेम्वाङको सपना पुरा गर्ने बलियो खम्बा खनाल

अनेरास्ववियु ईलाम जिल्ला सम्मेलन आयोजक कमिटी सहसंयोजक हुंदै सम्मेलनबाट जिल्ला कमिटी सचिव र मेची अंचल कमिटीको सचिव समेत भएर उनले कार्य सम्पादन गरेका छन् । ०५८ सालमा स्नातक तह अध्ययनपछि अनेरास्वियु मेची काठमाडौं सम्पर्क कमिटीको संस्थापक संयोजक भएर काम गरेका खनाल नेकपा एमाले ईलाम –काठमाडौं सम्पर्क मंचको सदस्य हुदै ईलाम –२ निर्वाचन क्षेत्रीय सम्पर्क कमिटीको ईन्चार्जमा समेत काम गरेका थिए ।

उनले जिल्लामा लोकतंत्र साप्ताहिक पत्रिकाको स्पादक–प्रकाशक भएर समेत कार्य सम्पादन गरेका छन् । ०६० हेटौडा अधिवेशनमा प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीमा मेचीबाट निर्वाचित भई, मेची अंन्चल ईन्चार्ज भएकै समयमा ०६२–६३ को जनान्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेको इतिहास साक्षी छ ।

०६३ वैशाख देखि नेपालको संविधान जारी हुँदासम्मा सभामुख–संबिधान सभाका अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको प्रमुख स्वकीय सचिव भएर काम गरेका खनाल स्व.नेम्वाङका दाहिने हात जस्तै थिए । ०६४ देखि हाल सम्म लगातार खुल्ला समुहबाट निर्वाचित भई नेकपा (एमाले) ईलाम जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी ईलाम–२ को संयोजकको रूपमा निरन्तर क्रियासिल रहिरहेका बुद्धि खनाल स्व.नेम्वाङले गर्न चाहेका कार्ययोजनाहरुबारे स्पष्ट रहेको र उहाँको सपनाहरु नजिकबाट नियालेको व्यक्ति मध्यका एक हुन ।इलाममा स्वर्गीय नेम्वाङको सपना पुरा गर्ने बलियो खम्बा खनाल

स्व.नेम्वाङका अधुरा सपना पूरा गर्न लामोसमयसम्म नेम्वाङको स्वकीय सचिवको रुपमा अतुलनिय भुमिका खेलेका बुद्धि खनालले इलामको नेतृत्व पाउनुपर्ने माग नेकपा एमाले इलामका केही जिम्मेवार नेताहरुको रहेको छ ।

पार्टीको लागि आफ्नो उर्जाशील समय खर्च गरेका र स्व.नेम्वाङको सपना पूरा गर्नसक्ने बुद्धि खनालको बिकल्प इलाममा नरहेको नेताहरुको तर्क रहेको छ । ईलाम क्षेत्र नं २ मा सुहाङको चर्चा चल्दै गर्दा स्व.नेम्वाङको सपना पुरा गर्ने बलियो खम्बा खनाललाई पार्टीले टिकट दिने सम्भावना प्रबल रहेको इलामका नेताहरुको भनाइ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.