यू–१९ महिला विश्वकपमा आज नेपाल र स्कटल्याण्डको रोचक भिडन्त

यू–१९ महिला विश्वकपमा आज नेपाल र स्कटल्याण्डको रोचक भिडन्त image

काठमाडौं । मलेसियामा जारी आईसीसी यू १९ महिला टी २० विश्वकपमा आज नेपाल र स्कतल्याण्ड भिड्ने भएका छन् । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।

प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् । पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो ।

पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन् । समूह ‘डी’मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन् । टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छन् । नेपालले आज दुई परिवर्तन गरेको छ ।

सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन् । नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहनेछ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda