भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

राष्ट्रपतिको शपथ अघि वासिङ्टनमा र्‍याली, बाइडेन प्रशासनका आदेश खारेज गर्ने जिकिर

राष्ट्रपतिको शपथ अघि वासिङ्टनमा र्‍याली, बाइडेन प्रशासनका आदेश खारेज गर्ने जिकिर

काठमाडौं । नवनिर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खानु अघि सोमबार वासिङ्टन डीसीमा र्‍याली आयोजना गरी सम्बोधन गरेका छन् । दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आज जनवरी २० देखि कार्यभार सम्हाल्दै छन् । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् ।

ट्रम्पले वासिङ्टन डीसीमा आफ्ना हजारौँ समर्थकबीच चुनावी विजयको उत्सव पनि मनाएका छन् । उनले भने, ‘म ऐतिहासिक गति र शक्तिका साथ काम गर्नेछु। म हाम्रो देशले सामना गरिरहेको हरेक संकटलाई समाधान गर्नेछु।

पदको शपथ लिएको केही घण्टाभित्र म बाइडेन प्रशासनका हरेक कट्टरपन्थी र मूर्खतापूर्ण कार्यकारी आदेश खारेज गर्नेछु।’ यस क्रममा उनले सरकारी दक्षता विभागको प्रमुख बनाउने वाचा गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.