काठमाडौं । नवनिर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खानु अघि सोमबार वासिङ्टन डीसीमा र्याली आयोजना गरी सम्बोधन गरेका छन् । दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आज जनवरी २० देखि कार्यभार सम्हाल्दै छन् । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् ।
ट्रम्पले वासिङ्टन डीसीमा आफ्ना हजारौँ समर्थकबीच चुनावी विजयको उत्सव पनि मनाएका छन् । उनले भने, ‘म ऐतिहासिक गति र शक्तिका साथ काम गर्नेछु। म हाम्रो देशले सामना गरिरहेको हरेक संकटलाई समाधान गर्नेछु।
पदको शपथ लिएको केही घण्टाभित्र म बाइडेन प्रशासनका हरेक कट्टरपन्थी र मूर्खतापूर्ण कार्यकारी आदेश खारेज गर्नेछु।’ यस क्रममा उनले सरकारी दक्षता विभागको प्रमुख बनाउने वाचा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा लुकाई छिपाई विदेश लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नी यानलाई प्रहरीले पक्राउ गरेको हो ।...
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट ६ जना पक्राउ गरेको छ । देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर...
काठमाण्डौ । सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको...