काठमाडौं ।इंग्ल्याण्डविरुद्ध नेपालले शानदार जीत निकालेको छ । शुक्रबार बिहान भएको द हङकङ सिक्सेसको पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध नेपाल ६ विकेटले विजयी भएको हो ।
नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पुर्व विजेता इंग्ल्याण्डलाई पराजित गरेको छ। इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४, २ ओभरमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान सन्दीप जोराले अर्धसतक प्रहार गरेका थिए। उनले १२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ५० रनले योगदान गरे।
त्यसैगरी लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे । कप्तान जोरा रिटार्यट आउट भए पछि राशिद खान क्रिजमा आए। उनले २ चौका र २ छक्काको सहयोगमा २१ रन जोडे ।टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५, ५ ओभरमा ६ विकेटको क्षतिमा ९७ रन बनाएका थिए ।
इंग्ल्याण्डका कप्तान रवि भोपाराले ४९, स्मिथ पटेलले ३९ रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ विकेट, लोकेश बम, विवेक यादव र नारायण जोशीले १, १ विकेट लिए । नेपालले दोस्रो खेलमा शनिबार अस्ट्रेलियाको सामना गर्नेछ ।