भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालको विजयी सुरुवात

नेपालको विजयी सुरुवात

काठमाडौं ।इंग्ल्याण्डविरुद्ध नेपालले शानदार जीत निकालेको छ । शुक्रबार बिहान भएको द हङकङ सिक्सेसको पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध नेपाल ६ विकेटले विजयी भएको हो ।

नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पुर्व विजेता इंग्ल्याण्डलाई पराजित गरेको छ। इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४, २ ओभरमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान सन्दीप जोराले अर्धसतक प्रहार गरेका थिए। उनले १२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ५० रनले योगदान गरे।

त्यसैगरी लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे । कप्तान जोरा रिटार्यट आउट भए पछि राशिद खान क्रिजमा आए। उनले २ चौका र २ छक्काको सहयोगमा २१ रन जोडे ।टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५, ५ ओभरमा ६ विकेटको क्षतिमा ९७ रन बनाएका थिए ।

इंग्ल्याण्डका कप्तान रवि भोपाराले ४९, स्मिथ पटेलले ३९ रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ विकेट, लोकेश बम, विवेक यादव र नारायण जोशीले १, १ विकेट लिए । नेपालले दोस्रो खेलमा शनिबार अस्ट्रेलियाको सामना गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.