भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कतार उडान रद्द भएपछि त्रिभुवन विमानस्थलमा ५०० बढी नेपाली यात्रु अलपत्र

कतार उडान रद्द भएपछि त्रिभुवन विमानस्थलमा ५०० बढी नेपाली यात्रु अलपत्र

काठमाडाैं, १० असार । कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि त्यसको प्रभाव नेपालसम्म परेको छ। कतार जान तयारी अवस्थामा रहेका ५०० भन्दा बढी नेपाली यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिचल्लीमा परेका छन्।

नेपाल एयरलायन्स र हिमालयन एयरलायन्समार्फत कतार जाने उडान सोमबार राति सुरक्षा कारण देखाउँदै अन्तिम समयमा रद्द गरिएको थियो। यात्रुहरूले रातभर विमानस्थलमै बस्नुपरेको छ। मंगलबार बिहान १०:०५ बजेका लागि तय गरिएको कतार एयरवेजको उडान पनि रद्द भएको छ।

विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत सुरेश आचार्यका अनुसार, हिमालयन एयरलायन्सले साँझ ६ बजे उडानका लागि यात्रुहरूलाई बोलाएको छ भने नेपाल एयरलायन्सबाट भने अहिलेसम्म स्पष्टता छैन।

यात्रुहरूले एयरलायन्स कम्पनीले उनीहरूको समस्या प्रति ध्यान नदिएको गुनासो गरेका छन्। कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेपनि कतार जाने उडान अझै शुरु हुन सकेको छैन।

 


Thali Mobile Pvt.Ltd.